इपीजी प्रतिवेदन बुझ्न भारतलाई आग्रह गरिने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरुको समूह(ईपीजी) ले तयार पारेको प्रतिवेदन नबुझेको भन्दै प्रतिवेदन बुझ्नु राम्रो हुने बताएका छन् । 

सोमवार राष्ट्रिय प्रजातन्त्र नेपालका अध्यक्ष कमल थापाद्वारा लिखित पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । ओलीले उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूले कुरा गरेरै ईपीजी बनाएको भएपनि भारतीय प्रधानमन्त्रीले प्रतिवेदन नबुझेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले  ईपीजीले भारतीय प्रधानमन्त्रीले बुझेपछि नेपालको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको कारण भारतीय प्रधानमन्त्रीले नबुझिकन आफूले बुझ्न नपाएको उल्लेख बताए । ओलीले आफुहरुले प्रतिवेदन बुझ्न र प्रतिवेदनमा उल्लेखित विषयहरुमाथि छलफल गर्न आग्रह गरिरहेको बताए । प्रधानमन्त्री ओलीले सन् १९५० को सन्धी लगायतका कुराहरुको पुनःमूल्यांकन हुनुपर्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने – ‘मोदीजी र मैले कुरा गरेरै प्रवुद्ध व्यक्तिहरुको समूह बनाएका थियौँ । चार जनाको समुह बनाएर दुई वर्षसम्म काम गर्‍यो । डा. भेषबहादुर थापाजस्ता प्रवुद्ध व्यक्तित्व, निलाम्वर आचार्यजस्ता प्रवुद्ध व्यक्तित्व । उहाँहरुकै अगुवाईमा हामीले गरेका थियौँ । तर के कारणबाट भारतले त्यो बुझेको छैन । निर्णय के भएछ त्यहाँ भने, किन त्यस्तो भयो त्यो बुझिएन तर कुनै गलत मनसायले भएको होइन । भारतीय प्रधानमन्त्रीलाई बुझाउने त्यसपछि नेपालकोलाई बुझाउने भन्ने कुरा । त्यो बुझेर प्रधानमन्त्रीहरुले बसेर छलफल गरेर, कार्यान्वयन गर्ने, नगर्ने, के गर्ने, कसो गर्ने, कसरी गर्ने कि गर्दै नगर्ने कि भन्ने कुरा त पछि प्रधानमन्त्रीहरुले गर्ने हो । त्यो रिर्पोट नै नबुझ्ने कुरा? यस्तो कुराहरुमा हामीले भनिरहेका छौँ । कुरा गरिरहेका छौँ । यो बुझ्नु राम्रो हुन्छ भनिरहेका छौँ । १९५० को सन्धि लगायतका सारा कुराहरुको पुर्नमूल्यांकन, त्यहीँबाट हामीले हेर्नुपर्ने कुराहरु । त्यो कुराहरु हामीले शुरुमै गरेर त्यसैको लागि हाम्रो सम्बन्धको वृहत्तर रुपमा हेरौँ न । के छ भनेर हेरेर नै हामीले ईपीजी बनाएको ।’ 

प्रधानमन्त्री ओलीले छिमेकी देशहरुसँग राष्ट्रिय हितको पक्षमा खुलस्त कुरा गर्नुपर्ने भन्दै छिमेकी देशहरुसँग एकको विरुद्ध अर्को कार्ड नखेलिने स्पष्ट पारे । एक देशको विरुद्ध अर्को देश लाग्नका लागि नेपाली भूमि प्रयोग गर्न नदिने प्रधानमन्त्रीको भनाई छ  । ओलीले नेपालले कुनै प्रकारको शैन्य पक्षधरता नलिने पनि स्पष्ट पारे ।

प्रतिक्रिया