एकीकृत समाजवादीको पदाधिकारी चयनको लागि भोलि चुनाव हुने

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का १८ पदाधिकारीका लागि हुने निर्वाचनको तालिका सार्वजनिक भएको छ । सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न चुनाव गर्न लागिएको हो ।
गत असार २० गते महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई चयन गरेको भए पनि बाँकी पदाधिकारी चयन गर्न बाँकी थियो।

पार्टीको निर्वाचन आयोग अध्यक्ष माधव पौडेलले सोमबार निर्वाचन कार्यक्रम कार्यतालिका पनि जारी गरिसकेका छन्। 

Nesepa-1724674418.jpg

प्रतिक्रिया