गौरा पर्वले समग्र नेपाल र नेपालीलाई जोडेको छः पर्यटनमन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले गौरा पर्वले समग्र नेपाल र नेपालीलाई जोड्न आवश्यक रहेको बताएका छन्।
सोमवार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजना भएको कार्यक्रममा बोल्दै संस्कृति मन्त्री पाण्डेले यस्तो बताएका हुन्। मन्त्री पाण्डेले गौरा पर्व विशिष्ट प्रकारको पर्व भएको भन्दै यसपर्वले मर्याद,सद्भाव,आत्मियता र आत्मविश्वास बोकेको भएपनि त्यो कुरा व्यवहार र क्रियाकलापले देखाउन सक्नुपर्ने बताए ।
पर्वहरु भनेका राष्ट्रका आन्तरिक पक्ष भएको भन्दै पर्व र संस्कृति जोगाउन आवश्यक रहेको र आस्था जागाउँदै विश्वासलाई अभिवृद्धि गरी विविधतापूर्ण संस्कृतिलाई मुलुकको साझा सम्पतिका रुपमा लिनुपर्ने उल्लेख गरे। पर्यटनमन्त्री पाण्डेले आगामी दिनमा देशलाई प्रकृति र संस्कृतिको विविधतापूर्णका रुपमा चिनाउन आवश्यक रहेको भन्दै संस्कृति र पर्वहरु जोगाइराख्न विशेष गरी मर्यादा,आत्मा अनुशासनको खाँचो रहेको
औंल्याए ।
पर्वहरुका माध्यमबाट पहिचान र परिचयलाई काठमाडौंमा मात्रै नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि देखाउन आवश्यक रहेको भन्दै गौरा पर्वले एकता,सद्भाव र मेलमिलापको कुरा गरेको बताए ।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_LMLDDO2jZt_pgvkkigrdvdu5vio5v2hf9uokvuoyu3hdrdtzxvrqqkqqjaaoqvflfmjh8l9.jpg)
प्रतिक्रिया