गौरा पर्वले राष्ट्रिय एकता र गौरव प्रकट गरेको छः वनमन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुरसिंह ठकुरीले गौरा पर्वले राष्ट्रिय एकता र राष्ट्रिय गौरव प्रकट गरेको बताएका छन्।

सोमवार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजना भएको कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन् ।  कर्णालीको महान गौरा पर्व सम्मान र आत्मियताका साथ मनाइने गरेको मन्त्री शाहीको भनाई थियो । मन्त्री शाहीले पर्व र संस्कृतिहरुले राष्ट्रलाई जोड्नका लागि विभिन्न भावना,सम्बन्धहरु,आपसी एकता र सद्भावका लागि  भूमिका खेल्दै आएको उल्लेख गरे ।

 गौरा पर्व सुदूरपश्चिम र कर्णालीमा मनाउँदै आएको भन्दै गौरा पर्वले राष्ट्रिय एकता,मेलमिलाप र आपसमा सद्भाव कायम गरेको शाहीको भनाई थियो । 

प्रतिक्रिया