धादिङको बेल्खुमा पहिरो जाँदा मुख्य राजमार्ग अवरुद्ध

काठमाडौ । धादिङको गजुरी गाउँपालिका ३, मा पर्ने बेल्खुमा ठूलो पहिरो खस्दा काठमाडौँ आउजाउ गर्ने मुख्य राजमार्ग पूर्णरुपमा बन्द भएको छ । सोमवार बेलुकी पाँच बजेको समयमा खसेको पहिरोले काठमाडौं भित्रिने बाटो पूर्णरुपमा अवरुद्ध भएको हो ।

प्रहरी लगायत  डिभिजन सडकका कर्मचारीसहितको टोलीको सहयोगमा पहिरो पन्छाउन सुरु गरिएको छ ।  

प्रतिक्रिया