नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको प्रधानमन्त्री ओलीको टिप्पणी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको टिप्पणी गरेका छन्।

सोमवार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । ओलीले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृति अनुसार सभ्यतार शिष्टता बिर्सिएको देख्दा अचम्मित भएको उल्लेख गरे । प्रधानमन्त्रीले नयाँ पुस्ताको अकर्मण्यता नेपालीपन नभएको बताए ।  नेपालीपन र नेपाली संस्कृतिलाई बढावा दिन युवाहरुलाई ओलीले आग्रह समेत गरे ।

प्रधानमन्त्री ओलीले  नेपाल मेलमिलाप, शान्तिपूर्ण देश भएको  भन्दै नेपाली समाज संस्कृतिले भरिपूर्ण समाज भएको उल्लेख गर्दै नेपाली समाज जति बिथोल्न खोजेपनि र जति भाँड्न खोजेपनि नभाँडिने जिकिर गरे ।

नेपालको मौलिक कला र संस्कृतिको जगेर्ना गरी विश्वव्यापी फैल्याउनुपर्नेमा समेत प्रधानमन्त्री ओलीको जोड छ। प्रधानमन्त्री ओलीले गौरा लगायत पर्वहरुले नेपालको पहिचान दिएको उल्लेख गरे ।  
 

प्रतिक्रिया