गौरा पर्व बिथोल्नेहरुलाई कारबाही गर्न देउवाको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व बिथोल्नेहरुलाई कारबाही गर्न आग्रह गरेका छन्  ।

सोमवार काठमाडौंमा आयोजित गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै  देउवाले यस्तो बताएका हुन् । नेताहरु गौरा पर्व मनाउन पुग्दा केही युवाहरुले नेताहरुको बिरोधमा नाराजुलुस गरेका थिए । सोही विषयमा बोल्दै देउवाले काठमाडौंमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरुलाई काठमाडौंवासीले ठिक पार्नुपर्ने बताए ।

कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली समेत उपस्थित सो कार्यक्रममा  बिरोध गर्नेहरुको  पछाडि कसको हात  र कुन तत्व छ त्यसको पहिचान गरी कारबाही गर्नुपर्ने बताए ।  देउवाले नेपाली समाजमा नैतिकता हराउँदै गएको टिप्पणी गरे । 

सुदूरपश्चिमको संस्कृति, कर्णालीको संस्कृतिलाई चिनाउन पनि गौरा पर्वले धेरै महत्व खेलेको  देउवाको भनाई छ । सभपति देउवाले गौरा लगायतका चाडपर्वहरुले नेपालीहरुलाई एकतामा बाँध्ने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया