प्रधानमन्त्री ओली र सभापति देउवाले टुँडिखेलमा  बजाए दमाह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको टुँडिखेलमा  दमाह बजाएका छन्

 काठमाडौंको टुँडिखेलमा  गौरा पर्वको अवसरमा  आयोजित कार्यक्रममा  ओली र देउवाले दमाह बजाएका हुन् । सुदूर पश्चिममबाट काठमाडौंमा आइ बसोबास गरेकाहरुले प्रत्येक वर्ष  काठमाडौंंमा  गौरा पर्वको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।  भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर गौरा मनाइन्छ।

गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ’बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन्। गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ। बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ। 

प्रतिक्रिया