गौरा पर्व विशेष कार्यक्रममा पुगेका ओली र देउवाविरुद्ध चर्को नाराबाजी

काठमाडौं । गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेताहरु विरुद्ध नाराबाजी भएको छ । आज टुँडिखेलमा आयोजित गौरा पर्व विशेष कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा लगायत  नेताहरु सहभागी भएको बेला नाराबाजी भएको हो । कार्यक्रममा सहभागी युवाहरूको समूहले मञ्चमा प्रधानमन्त्री ओली उपस्थित भएका बेला नाराबाजी गरेका हुन्।युवाहरूको समूहले प्रधानमन्त्री ओलीको नाम नै लिएर नाराबाजी गरेका थिए ।

कार्यक्रमा ओली,  देउवा सहित  पर्यटन मन्त्री बद्री पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारी लगायत सहभागी थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताए। नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको ओलीको  भनाइ छ।  
युवाहरूले अमर्यादित नाराबाजी गरेपछि आयोजकले रोक्न सकेनन् । नेताहरूले भाषण गरे पनि युवाहरूको होहल्लाले भाषण गर्ने वातावरण बनेन । युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेपछि ओली छोटो मन्तव्य राखेर फर्किए ।

कार्यक्रममा देउवाले बोल्दा युवाहरूवाट झनै नाराबाजी भयो ।दर्शकदिर्घाले देउवाविरूद्ध ‘देश छोड’को नारा लगाएका थिए ।  देउवाले कार्यक्रम विथोल्न हो(हल्ला गरिएको भन्दै युवाहरूप्रति असन्तुष्टि जनाए। उनले धेरै मानिस गौरा पर्व मनाउन र गौरा खेल्न टुँडिखेलमा आएको तर केहीले विथोल्न खोजेकोले त्यसलाई जनताले ठिक पार्ने  बताए ।
‘तपाईंहरू जति कराउनुछ कराउनुस्। लाज पनि छैन गौरा पर्वको कार्यक्रम विथोल्ने ? ,’ देउवाले भने, ‘यही हो नेपालको चलनरु बदमासहरू।’ 

प्रतिक्रिया