वाग्मतीमा जलसतहको सतर्कता तह पार, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकाको आसपास क्षेत्रमा भारी वर्षा हुँदा वाग्मती नदीको जलसतहले सोमबार दिउँसो सतर्कता तह पार गरेको छ ।  दिउँसो २ः४५ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ। नदीमा पानीको बहाव बढ्दो क्रममा छ ।  जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै पछिल्लो एक घण्टामा गोरखाको बारपाक आसपास क्षेत्रमा मध्यम वर्षा भएको र थप वर्षा हुने अनुमान रहेको उल्लेख गर्दै महाशाखाले बुढीगण्डकी र दरौँदी नदीलगायत आसापासका खोलामा बहाव बढ्नसक्ने चेतावनी दिएको छ।

पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको ढुङ्ग्रे, गोब्रे र आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ। मेलम्ची, इन्द्रावती, र अन्य साना नदीमा जल सतह बढ्न सक्ने तथा भीरालो क्षेत्रमा पहिरो आउनसक्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया