काभ्रेको तेमालमा तरुण युवाहरूको सक्रियतामा वाढीपहिरो पीडितलाइ राहत वितरण
काभ्रे । काभ्रेको तेमालमा वाढीपहिरो पीडितलाई राहत सामग्री वितरण गरिएको छ ।
विगत केही दिन देखि निरन्तरको अविरल वर्षातका कारण २०८१ भदौ ४ गते काभ्रे, तेमाल गाउँपालिका वडा नं.–५ कोकाममा पहिरो गएको थियो ।
उक्त पहिरोमा परि १ घर पूर्ण क्षति भएको थियो भने ४ वटा घर भई बस्न नहुने गरि क्षति पुगेको थियो । पहिरोमा परि एक जना गर्वभती महिला घाइते भई धुलिखेल अस्पतालमा उपचारत अवस्थामा रहेकी छिन । यस्तो आपतकालीन र दःुखद परिस्थितिमा नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुणदलका नेताहरु मिथुन कुमार लामा, हिरालाल लामा, बज्र लामा र मिन्टु लामाले पीडितलाई सहयोगका लागि अभियान सञ्चालन गरेका थिए । उनीहरुले २ दिन अभियान सञ्चालन गरेर विभिन्न संघ संस्था व्यवसायी र सहयोगी दाताहरुबाट आर्थिक सहयोग स्वरुप रकम संकलन गरेका थिए ।
उक्त अभियानबाट ३ लाख ४६ हजार ३ सय नब्बे रुपैया संकलन गरि जिल्ला समन्वय समिति काभ्रेका उप प्रमुख रिम बहादुर तामाङ मार्फत पीडितहरुलाई हस्तान्तरण गरिएको थियो । अभियानबाट संकलन भएका रकम बाट १ लाख घर क्षति भएका एकल महिला लाई, १ लाख घर पूर्णरुपमै क्षति भएका तथा आर्थिक अवस्था कमजोर भएका काइला लामालाई – १ लाख २१हजार ५सय लत्ताकपडा खाद्य सामाग्री र १ लाख २४ हजार ८ सय ९० रुपैया पहिरो बाट खसेका ढुंगामाटो फाल्न संयुक्तमा रुपमा हस्तान्तरण गरिएको हो ।
पीडितहरुलाई नगद रकम बाहेक घरायसी समाग्रीहरुका साथै दाल, चामल, बिस्कुट, सिरक–डस्ना, लत्ताकपडा, लागायतका खाद्यसामाग्री समेत हस्तान्तरण गरिएको थियो । उक्त हस्तान्तरण कार्यक्रममा सोही वडाका वडा अध्यक्ष हजार सिंह लामा, नेपाल तरुणदल केन्द्रीय सदस्य स्मीता लामा, नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय सचिव दावा फेन्चु लामा, नेपाल तरुणदल जिल्ला सदस्यद्वय निमा लामा, युवराज लामा लगायत स्थानीयहरुको उपस्थितिमा रहेको थियो ।
सो अवसरमा वडा अध्यक्ष लामाले वडा पालिकाबाट गर्नुपर्ने सहयोगमा कुनै कन्जुस्याइँ नगरि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । अभियानकर्ता मिथुन कुमार लामाले दुःखको बेला अभियानलाई आर्थिक सहयोग गरि साथ दिने सम्पूणर्लाई धन्यवाद व्यक्त गरेका थिए भने पीडितहरुले पनि दुःखको समयमा सहयोग गर्ने सबैप्रति खुशी हुँदै आभार ब्यक्त गरेका थिए ।
प्रतिक्रिया