शंखमूलस्थित पुल हाउस एन्ड खाजा घर सञ्चालकको हत्या

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शंखमुलस्थित द टाइम पास स्नुकर एन्ड खाजा घर एक पुरूषको हत्या भएको छ । आइतबार राति शंखमुलस्थित बुद्धबिहार अगाडि रहेको स्नुकर एण्ड खाजा घरका सञ्चालक ४० वर्षीय रूपक बान्तवाको हत्या भएको हो ।  

गएराति ४० वर्षीया बान्तवा आफ्नै स्नुकर हाउसको सोफामा अचेत फेला परेका थिए ।उनको टाउको तथा अनुहारभरी चोट लागेको थियो । उनलाई उपचारका लागि सिभिल अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेको थियो ।

घटनाबारे वृत्त बानेश्वर र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेको छन् । सोधपुछका लागि केही शंकास्पदहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया