नयाँ राजनीतिक उतारचढापले छैटौँ बिमस्टेक शिखर सम्मेलन सर्यो
काठमाडौँ । थाइल्यान्डमा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन सरेको छ । थाइल्यान्डमा भएको नयाँ राजनीतिक उतारचढापले गर्दा भदौ १८ र १९ तय भएको सम्मेलन सरेको हो ।
थाइल्यान्डको विदेश मन्त्रालयले सम्बन्धित मुलुकहरूलाई पत्राचार गर्दै हालका लागि शिखर सम्मेलन गर्न नसक्ने उल्लेख गर्दै पछि गर्नु पर्ने उल्लेख गरेको हो
नयाँ सरकार गठन भएसँगै आवश्यक संसदीय प्रतिक्रिया र कानुनी प्रक्रियाहरुले गर्दा समयमै बिमस्टेक शिखर सम्मेलन गर्न नसक्ने बताइएको छ । अब सबै सदस्य मुलुकहरूसँग छलफल गरेर नयाँ मिति तय गरिने त्यहाँको विदेश मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया