प्रहरी परिसर उद्घाटन गर्दै ओलीले भने: सरकार भात-रोटी खान्छ, घुस खाँदैन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भद्रकालीमा बनाइएको भवन उद्घाटन गरेका हुन्।

हनुमानढोकामा रहेको प्रहरी भवन २०७२ सालको भूकम्पमा भत्किएपछि काठमाडौं प्रहरी टेकुमा सरेको थियो। त्यहाँबाट भद्रकालीस्थित भवनमा सरेको छ।
 उद्घाटन समारोहमा बोल्दै ओलीले अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश नदिने बताए । सरकारले कसैलाई फसाउ भनेर समेत नभन्ने भन्दै उनले राज्य शक्तिको दुरुपयोग गरेर निर्दोष मान्छेलाई फसाउनु आपराधिक क्रियाकलाप भएको समेत बताए । ‘कसैलाई निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन, तपाईंहरु ढुक्कले काम गर्नुस्’, उनले भने, ‘यो सरकारले भात(रोटी खान्छ, घुस, पैसा खाँदैन ।’

ओलीले प्रहरीलाई काम गर्न पूर्ण स्वतन्त्रता रहेको समेत बताए । उनले भने, ‘तर, नाकाम गर्न स्वतन्त्रता हुँदैन, त्यसको फेरि मूल्यांकन हुन्छ ।’

प्रतिक्रिया