जसपा नेपालको सहअध्यक्षमा चेम्जोङ, महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा (सूचीसहित)

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको पदाधिकारी चयन गरिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले २० पदाधिकारी चयन गरेका हुन् । यादवले पदाधिकारीसहित कार्यकारिणी समिति, केन्द्रीय समिति तथा केन्द्रीय निकायहरूमा सदस्यहरू चयन गरेका छन् ।

 जेठ २८ देखि ३० गते सम्पन्न भएको एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधान २०८० (२०८१ संशोधित) धारा १४१ (१) बमोजिम गरिएको अधिकार प्रत्यायोजन, धारा २९ (३) र धारा ८७ (१) मा व्यवस्था भए बमोजिम पार्टी अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई चयन गरेका हुन् ।
सोमबार जारी निर्णय अनुसार सह–अध्यक्षमा रकम चेम्जोङ चयन भएका छन् । त्यस्तै, पाँच जना उपाध्यक्षहरूमा राजकिशोर यादव, मृगेन्द्र कुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर, विद्युत् बज्राचार्य रहेका छन् ।

पार्टीको प्रवक्तामा मनिष कुमार सुमन चयन भएका छन् । भने महासचिवमा लालबाबु राउत र रामकुमार शर्मालाई चयन गरिएको छ  । 

 

प्रतिक्रिया