रुसी मिसाइल आक्रमणमा बेलायती नागरिको मृत्यु

एजेन्सी । रुसी मिसाइल आक्रमणमा परेर समाचार एजेन्सी रोयटर्सका सुरक्षा सल्लाहकार बेलायती नागरिक रायन इभान्सको मृत्यु भएको छ । 

रोयटर्सले एक विज्ञप्तिमा ३८ वर्षीय पूर्व बेलायती सैनिक इभान्सको मृत्यु भएको पुष्टि गरेको हो । शनिबार राति युक्रेनी शहर क्रामातोर्स्कको एक होटलमा आक्रमण हुँदा उनको ज्यान गएको हो । आक्रमणमा परेर रोयटर्सका अन्य दुई पत्रकार घाइते भएका छन् जसमध्ये एक जनाको अवस्था गम्भीर छ र उनको अस्पतालमा उपचार भइरहेको छ । 

टोलीका अन्य तीन सदस्य भने सकुशल रहेको बताइएको छ । इभान्सले सन् २०२२ देखि रोयटर्ससँग काम गर्दै आएका थिए । उनले युक्रेन, इजरायल र पेरिस ओलम्पिकमा समेत विश्वभरका रोयटर्ससँग आवद्ध पत्रकारहरूलाई सुरक्षाबारे सल्लाह दिइरहेका थिए ।


 

प्रतिक्रिया