अहिले युवाहरु भत्ता पचाउन बिरोध गरिरहेका छन्: प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघरस्थित  काठमाडौं प्रहरी परिसरको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। ओलीले सोमबार बिहान उक्त भवनको उद्घाटन गरेका हुन्।

कार्यक्रममा गृहमन्त्री रमेश लेखक, नेपाली सेनाका कामु प्रधानसेनापति अशोक शिग्देल  मुख्य सचिव, गृहमन्त्रालयका सचिव, सशस्त्र प्रहरी बलका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा पूर्व प्रहरी प्रमुखलगायतको सहभागिता थियो।

उद्घाटन समारोहमा बोल्दै ओलीले आफू नेतृत्वको सरकार कुनै पनि अनुचित गतिविधिको प्रभावमा नपर्ने प्रष्ट पारेका छन्। उनले भने, ‘निर्दोष मान्छे फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने जस्ता क्रियाकलाप आपराधिक हुन्। कसै निर्दोषलाई दोषी करार गर्ने काम सरकारबाट हुँदैन।’
उनले आफूहरू राष्ट्रको सेवक भएकाले अहिलेको सरकार भात रोटी खान्छ तर घुस नखाने बताए।
 ओलीले अहिले नेपाली समाजमा केहीले भत्ता पचाउन विरोध गरिरहेको आरोप लगाए ।

अहिले नेपाली समाजमा विरोध गर्न, कसैको इज्जतमा धावा बोल्न, अपमानजनक अभद्र शब्दहरु प्रयोग गर्न केही कारण नचाहिने भन्दै ओलीले भने, ‘ती युवाहरु, ती व्यक्तित्वहरु यत्तिकै त्यसो गरिरहेका छैनन् । तिनीहरु पारिश्रमिक पचाइरहेका छन्, भत्ता पचाइरहेका छन् ।’

 

प्रतिक्रिया