बंगलादेशमा बाढीका कारण २० जनाको मृत्यु

एजेन्सी । लगातारको मनसुनी वर्षाका कारण बंगलादेश बाढीको चपेटामा परेको छ । बाढीका कारण त्यहाँ २० जनाको मृत्यु भएको छ भने ५० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । 

बाढीका कारण त्यहाँका लाखौं मानिसहरु व्यवस्थित खाना, सफा पानी, औषधि र सुक्खा कपडाको अभावको सामना गरिरहेको बताइएको छ । बाढीले कुमिल्ला जिल्लाको एक गाउँका किसानहरुका घर समेत बगाएको बताएको छ । यस्तै, बंगलादेशको मौसम विभागले मनसुन जारी रहेकाले बाढीको अवस्था कायमै रहन सक्ने चेतावनी दिएको छ ।

 बाढी प्रभावित ११ जिल्लाका करिब ४ लाख मानिसले ३५ सय राहत शिविरहरूमा शरण लिइरहेको बताइएको छ । बाढीले राजधानी ढाका र चटगाउँको मुख्य बन्दरगाह सहर बीचको राजमार्ग र रेल लाइनहरू क्षतिग्रस्त भएका छन् ।

 छिमेकी म्यानमारका करिब १० लाख रोहिंग्या शरणार्थीहरूले आफ्नो घर बनाएर बसोवास कक्स बजार पनि बाढीले प्रभावित भएको छ । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले टेलिभिजन सम्बोधनमार्फत प्रशासनले बाढी पीडितलाई सामान्य अवस्थामा फर्काउन सबै आवश्यक उपायहरू अपनाइरहेको बताएका छन् ।

भारतले बाँध खालेको कारण आएको बंगलादेशका सञ्चार माध्यमले जनाएका छन् । अन्तरिम सरकार प्रमुख युनुसले भने आगामी दिनमा बाढी आउन नदिन भारतसँग छलफल सुरु गरेको जानकारी दिएका छन् ।
 

प्रतिक्रिया