इजरायलमा आक्रमणपछि हिजबुल्लाह प्रमुखको प्रतिक्रिया : कमान्डर फाउद शुक्र हत्याको बदला

एजेन्सी । हिजबुल्लाहका प्रमुख शेख हसन नसरल्लाहले इजरायलमा आक्रमण गरेर आफ्ना कमान्डर फाउद शुक्रको हत्याको बदला लिएको बताएका छन् ।  

उनले विभिन्न कारण बदला लिन ढिलाइ भएको टिप्पणी समेत गरेका छन् । ‘हिजबुल्लाहले १ सय १० किलोमिटरको दूरीमा रहेको इजरायली सेनाको बेसलाई निशाना बनाएको उनले बताए ।

उनले सबै ड्रोन इजरायली आकाशमा प्रवेश गर्न सफल भएको दाबी गरे ।  हिजबुल्लाहले आइतबारको आक्रमणमा सटिक मार हान्ने हतियार प्रयोग नगरेको उल्लेख गर्दै आवश्यक परे पछि त्यो पनि प्रयोग गरिने चेतावनी उनले दिए ।

हिजबुल्लाहले इजरायली आवासीय क्षेत्र र यसको पूर्वाधारलाई लक्ष्य गरेर हत्याको बदला लिने निर्णय गरेको समेत उनको भनाइ छ । उता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहविरुद्ध आइतबारको आक्रमण ‘कथाको अन्त्य’ नभएको चेतावनी दिएका छन् ।  इजरायलद्वारा आइतबार हिजबुल्लाहविरुद्ध गरेको आक्रमण सैन्य अभियानमा कथाको अन्त्य नभएको उनको भनाइ छ ।

मन्त्रिपरिषद्को बैठकमा नेतान्याहुले आक्रमणलाई इजरायलको उत्तरमा स्थिति परिवर्तन गर्न र नागरिकहरूलाई उनीहरूको घरमा सुरक्षित रूपमा फिर्ता ल्याउने दिशामा महत्वपुर्ण कदम भनेका हुन् । प्रधानमन्त्री नेतान्याहुले सर्वसाधारण र सैनिकलाई लक्ष्य गरी प्रहार गरिएका रकेट इजरायली सेनाले नष्ट गरेको दाबी गरेका छन् , यस्तै उनले देशको मध्य भागमा भएको ड्रोन आक्रमणलाई पनि असफल पारिएको जिकिर गरे । 

प्रतिक्रिया