तेस्रो विश्व युद्धतर्फ जादैँछौ रोकौँ :  डोनाल्ड ट्रम्प

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्व युद्धतर्फ जान लागिएको बताएका छन् ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ट्रम्पले तेस्रो विश्व युद्ध रोक्न आग्रह गरेका हुन् । इजरायल र लेबनानका हतियारधारी समूह हेजबुल्ला हानाहानको बारेमा बोल्दै ट्रम्पले यस्तो बताएका हुन् । 

अरब क्षेत्रमा यत्रतत्र बम खसिरहेको भन्दै उनले राष्ट्रपति जो बाइडेन क्यालिफोर्नियाको समुद्र तटमा निदाइरहेको टिप्पणी गरेका हुन् । उपराष्ट्रपति कमला ह्वारिस चुनावी बस यात्रामा हिँडेर बेवास्ता गरेको आरोप उनको छ । उनले कमलालाई ‘कमरेड’ उपमा दिएका छन् । 
 

प्रतिक्रिया