६ अर्ब मात्र होइन, २२ अर्ब उठाइनु पर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ट्रंक तथा डेडिकेटेड महसुल विवादमा सरकारको धारणा स्पष्ट पार्दै रेकर्डमा देखिएको महसुल एक रुपैयाँ पनि छुट दिन नहुने बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा एक टिप्पणी लेख्दै प्रधानमन्त्री ओलीले ९ बर्षसम्म महसुल विवाद लम्ब्याएर किन १६ अर्ब छुट दिएको भन्दै प्रश्न गरेका हुन् । उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्‍याई उद्योगहरुबाट बक्यौता उठाउनुपर्ने र तथ्यांकमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनु नहुने उनको भनाइ छ ।

 लोडसेडिङका बेला उद्योगहरुले बिजुली प्रयोगबापत ट्रंक तथा डेडिकेटेड फिडरका रुपमा प्रिमियम शुल्क तिर्नुपर्ने भन्दै विद्युत् प्राधिकरणले बर्षौंपछि अर्बौं रुपैयाँको छुट बिल पठाएपछि उद्योगीहरु विरोधमा उत्रिएका थिए । आफ्नै पहलमा आयोग बनाएर १६ अर्ब बक्यौता नउठाउन विद्युत प्राधिकरणलाई सहमति दिएका थिए ।

 प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले उठाउनु पर्ने बक्यौता ६ अर्ब रहेको दावी गर्दै आए पनि बिजुली प्रयोगको प्रमाण दिन सकेका छैनन् । एमालेका सांसहरुले १६ अर्ब छुट दिने तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालिन उर्चा तथा  जलस्रोत मन्त्री शक्ति वस्नेतमाथि छानबिन गर्नुपर्ने माग राखेको छन् ।
 

प्रतिक्रिया