ओमानका विदेशमन्त्री बुसैदी आज नेपाल आउँदै

काठमाडौं । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी आज नेपाल आउँदै छन् ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा बुसैदी दुई दिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन् । दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल बसाइका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका छ । उनी मंगलबार ओमान फर्किने कार्यक्रम रहेको बताइएको छ । 
 

प्रतिक्रिया