प्रधानमन्त्री ओलीले दिए कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज परेको कृष्ण जन्माष्टमी र गौरा पर्वको अवसरमा सबै नेपालीलाई शुभकामना सन्देश दिएका छन् । 

उनले सामाजिक सञ्जाल मार्फत शुभकामना सन्देश दिँदै सोमबार  दिउँसो टुँडिखेलमा गौरा पर्वको कार्यक्रममा सहभागी हुने समेत बताएका छन् । 

उनले लेखेका छन्, 'आज कृष्ण जन्माष्टमी, अनि सुदूरपश्चिममा मनाइने गौरा पर्व। भाद्र कृष्णपक्षको अष्टमी तिथिको रात आमा देवकीबाट श्रीकृष्णको जन्म जेलमा भएको शास्त्रमा उल्लेख छ। प्राचीन मानव सभ्यतामा पशुपालन युगको थालनी श्रीकृष्णले गरेको मानिन्छ। प्रेम र सौन्दर्यका प्रतीक श्रीकृष्णमा नमन ! सबैलाई कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना। आज दिउँसो टुँडिखेलमा गौरा पर्वको कार्यक्रममा सहभागी हुनेछु ।'

गौरा पर्वमा शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ । जसको फलस्वरूप  शिव र पार्वती तथा ईष्ट र कुल देवता प्रसन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया