जर्मन स्टार्टअपले विचित्र भविष्यको योजनाको लागि मृत शरीरहरू फ्रिजीङ गर्दै

एजेन्सी। जर्मनीस्थित स्टार्ट–अप टुमारो बायोले मृत मानिस र घरपालुवा जनावरलाई फ्रिजीङ गर्ने नयाँ काम सुरु गरेको छ । ताकि भविष्यमा प्रविधिको विकास हुँदा उनीहरूलाई पुनर्जीवित गर्न सकियोस् । युरोपमा पहिलो पटक सञ्चालनमा आएको यो कम्पनीले ६ सय ५० जना मानिसलाई पुनर्जीवित हुने आशामा  आकर्षित गरिसकेको छ । 

स्टार्ट–अप टुमारो बायोले ५ घरपालुवा जनावर र ६  मानवहरुलाई फ्रिजमा जम्मा गरेको छ । प्रत्येक जीवको भण्डारको  लागत १७०,००० पाउन्ड रहेको छ । मस्तिष्कलाई मात्र संरक्षण गर्न ६३,००० पाउन्ड बराबर  खर्च भएको छ । 

सन् २०२० मा कम्पनी स्थापना गरेका फर्नान्डो एजेभेडो पिनहेरोले डेली मेललाई भने, व्यक्तिगत रूपमा, मलाई विश्वास  छ कि हामी हाम्रो जीवनकालमा  जटिल जीवहरूको सुरक्षित भण्डार र पुनरुत्थान देख्न सक्छौं। 

अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुका अनुसार सबैभन्दा  पहिला मृत व्यक्तिको शरिर मृत्यु हुने बित्तिकै संरक्षण र अन्वेषण गरिन्छ । एक पटक कानुनी रूपमा व्यक्ति मृत घोषित भएपछि, कम्पनीले आफ्नो  स्टाफलाई शव लिन पठाउन्छ  शरीरलाई विशेष एम्बुलेन्समा आइस बाथमा राखिन्छ र मृत शरिरमा अक्सिजन प्रयोग  गरिन्छ त्यसपछि शवलाई  टुमोरो बायोको भण्डारण केन्द्रमा लगिन्छ । ग्राहकको शरीर भण्डारण सुविधामा पुग्नु अघि, तापमान माइनस ११२ डिग्री फारेनहाइटमा ल्याइन्छ । 

मुख्य भण्डारण सुविधामा पुगेपछि, यो ११२ डिग्री फारेनहाइटबाट ३२० डिग्री फारेनहाइटसम्म थप चिसो बनाइन्छ जुन पूरा गर्न लगभग १० दिन लाग्छ ।  त्यसपछि शरीरलाई तरल नाइट्रोजनले भरिएको स्टिलको कन्टेनरमा सारिन्छ  र परिक्षण सुरु गरिन्छ । 

कम्पनीले जर्मनी, फ्रान्स र संयुक्त अधिराज्यका ग्राहकहरूलाई आकर्षित गरेको छ  । सन् २०२५ सम्ममा संयुक्त राज्य अमेरिकामा पनि यहि संस्था विस्तार गर्ने योजना बनाएको  छ । 

मृत मानव शरिर जिवीत बनाउँन सकिन्छ भन्दै पहिले नै काल्पनिक फिल्महरू मार्फत  यूवाहरुको  ध्यान आकर्षित गरिएको  छ । भविष्यको यसको परिक्षण सफल नभएपनि  मानिसहरू पुनर्जीवित हुने आशामा लगानी गर्न इच्छुक भइरहेका छन् । 
 

प्रतिक्रिया