जमुनाह राँझा सडक स्तारोन्नती लगत्तै भत्काइयो
बाँकेको जमुनाह देखि राँझा सम्मको सडक स्तारोन्नती कार्य भर्खरै सकिएको छ । अस्फाल्ट ओभर ले प्रबिधिबाट भर्खरै निर्माण गरिएको कालोपत्रे सडकमा नेपालगन्ज सहरका पाँच ठाँउमा ट्राफिक बत्तीका नाममा भत्काईदै छ ।
सडक डिभिजन कार्यालय बाँकेले जमुनाह कोहलपुर सडक खण्डको राँझा सम्म दश किलोमिटर ८ सय मिटर अस्फाल्ट ओभरले प्रबिधिबाट कालो पत्रे गरेको सडकमा सडक बिभागले ट्राफिक बत्तीका नाममा नेपालगन्ज सहरका मूख्य चोकमा सडक भत्काउदै छ । संघीय आयोजना अन्तरगत जमूनाह देखि कोहलपुरका ११ स्थानमा ट्राफिक बत्ती राख्ने योजना अन्तरगत हाल नेपालगन्जका गणेशमानचोक, बिपीचोक, धम्बोझीचोक, पुष्पलालचोक र राँझाचोकमा ट्राफिक बत्ती जडान गर्न सडक भत्काउन शुरु गरिएको हो । गत कार्तिक महिनाबाट शुरु गरिएको कालोपत्रे भर्खरै सम्पन्न भएको सडकलाई सडक डिभिजन कार्यालय बाँके र सडक बिभाग बीच समन्वय हुन नसक्दा ट्राफिक बत्तीका नाममा गणेशमानचोकबाट भत्काउन शुरु गरिएपछि स्थानीय आक्रोसित भएका छन् ।
सडक कालोपत्रे र ट्राफिक सग्निल राख्ने पूर्व योजना हुँदा हुँदैपनि सडक कालोपत्रे भैईसकेपछि ट्राफिक लाईटका नाममा फेरी सडक भत्काउने कार्य गलत भएको र सडक डिभिजन कार्यालय बाँकेले समन्वय गर्न नसकेको स्थानीयको भनाइ छ । काठमाण्डौं उपत्यका बाहिर नेपालमै पहिलोपटक नेपालगन्जमा अन्डरग्राउण्ड सिस्टमबाट ट्राफिक लाईट जडानको कार्य थालिएको भन्दै निर्माण कम्पनीले नबुझेर विरोध भएको जनाएको छ ।
जमुनाह देखि राँझा सम्मको सडकका मूख्य पाँच चोकमा सडक सिग्नल जडान गर्ने कार्य बिभागबाटै भएकाले सडक कालोपत्रे हुनु अगावै सडक डिभिजन कार्यालय बाँकेसंग सडक बिभागले समन्वय गर्न नसकेका कारण सडक भत्काउनुपर्ने अवस्था आएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
भत्केको सडक ट्राफिक सिग्नलको कार्य सम्पन्न भैसकेपछि निर्माण कम्पनीले नै बनाईदिने डिभिजन सडक कार्यालयको भनाइ छ । नेपालगन्जको ट्राफिक सिग्नल निर्माण गर्न सडक बिभाग र सडक डिभिजन कार्यालय बाँके बीच सम्न्वय नहुँदा बिकास निमार्णकै नाममा राज्यको आर्थिक दोहन भएको छ । यसका लागि दोहोरो खर्च घटाउन सम्बन्धित निकायले समयमै सोच पु¥याउन जरुरी छ ।
प्रतिक्रिया