हिमताल फुट्नबाट जोगाउन सकिन्छः सांसद गौतम

 काठमाडौं ।  राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हिमताल फुट्नबाट जोगाउन सकिने बताएका छन्।

आईतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै गौतमले समयमा नै ध्यान दिनसके हिमताललाई जोगाउन सकिने बताएका हुन् । गौतमले  सोलुखुम्बुको थामेमा हिमताल फुटेसँगै आम नागरिकमा त्रास फैलिएको भन्दै अझै ६ वटा हिमताल फुट्ने क्रममा रहेको तर जोगाउन सकिने बताए। 

राष्ट्रिय सभा सदस्य गौतमले  नेपालमा निर्माणको कारणले सडक दुर्घटना नभइ प्राकृतिक कारणले सडक दुर्घटना हुने गरेको उल्लेख गरे । 

प्रतिक्रिया