लाभग्राहीले सरल, सहज र चाँडो लाभ प्राप्त गर्ने स्थिति बनाउँछौँः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लाभग्राहीले सरल, सहज र चाँडो लाभ प्राप्त गर्ने स्थिति बनाइएको बताएका छन् ।

आईतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री लेखकले  यस्तो बताएका हुन् । बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले प्रश्तुत गरेको कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन, २०८१ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले प्रतिवेदनमा १५ वटा बुँदामा सुझाव दिइएको र सुझावहरु ग्रहणयोग्य रहेको बताए । मन्त्री लेखकले राहत वितरण कार्यविधिमा समस्या रहेको र ती समस्याका कारण सेवाग्राहीहरुले ठिक समयमा सेवा प्राप्त गर्न नसकेको उल्लेख गरे ।

एकद्वार नीति बनाउनुपर्ने र संघबाट सोझै लाभग्राही कहाँ राहत वा स्थायी भवन निर्माणको रकम उपलब्ध हुने व्यवस्था बनाउनुपर्ने गृहमन्त्रीले बताए । गृहमन्त्री लेखकले सबै तहका सरकारले आफ्नो ठाउँमा काम गर्ने स्थितिको निर्माण गर्दै सबैले समन्वयात्मक रुपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए ।  

गृहमन्त्री लेखकले भूकम्पपीडितहरुको चुस्त, दुरुस्त विवरण संकलन गरी सोको आधारमा राहत एवं अस्थायी आवास निर्माणका लागि रकम उपलब्ध गराइएको बताए । मन्त्री लेखकले भूकम्पबाट रुकुम पश्चिममा क्षति भइ पहिलो किस्ता प्राप्त गर्ने लाभग्राही परिवारको ३२ हजार ९ सय ९६ रहेको बताउनु भयो । 

प्रतिक्रिया