उपेन्द्रको  पार्टीले सडक संघर्ष गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्ने घोषणा गरेका छन् । 

आईतवार काठमाडौंमा जनतासँग जसपा, नेपाल अभियन्ता अभिमुखीकरणको उद्घाटन गर्दै यादवलेयस्तो बताएका हु्न्। उनले जनतालाई सचेत र संगठित गर्न आफूहरुले चार महिने अभियान चलाएको बताए । अध्यक्ष यादवले यो अभियानपछि संगठनलाई सुदृढ गर्ने र तेस्रो चरणमा जनताका मुद्दाहरुलाई लिएर र जनताका सवाललाई लिएर  सडक संघर्षमा उत्रिने उद्घोष गरे ।

अध्यक्ष यादवले मुलुकलाई बचाउने हो भने अब मुख ताकेर नहुने उल्लेख गरे । अध्यक्ष यादवले अब पनि अरुको मुख ताकेर देश र जनताको भविष्य छोड्न नसक्ने बताए। जसपा नेपालले सडक र जनताको बीचबाट हस्तक्षेपकारी भूमिका खेल्नका लागि तयार हुनुपर्ने उल्लेख गरे।

अध्यक्ष यादवले दलित, जनजाति, महिला, मुस्लिमको सहभागिता हटाएर राजनीतिक स्थिरता सम्भव नरहेको टिप्पणी गरे ।

प्रतिक्रिया