लेखा समिति सभापति चाहिए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख फेर्न बाँस्कोटाको चुनौती

काठमाडौं ।  प्रतिनिधि सभाको लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि सांसदहरूले प्रश्न उठाएपछि नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले बचाउमा कडा प्रतिवाद गरेका छन् । लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने प्रश्न उठेपछि बाँस्कोटाले माओवादी र रास्वपाको मागको प्रतिवाद गर्दै फेर्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि फेर्न चुनौती दिएका छन् ।
उनले विगतमा माओवादी सत्तापक्षमा रहँदा जनार्दन शर्मा सभापति रहेको उदाहरण दिँदै वर्तमान सभापति ऋषिकेश पोखरेलमाथि पटकपटक हमला नगर्न चेतावनी दिए ।
बास्कोटाले भन, ‘यहाँ बारम्बार यस्ता कुरा नल्याउनुस् । समितिको सभापति फेर्ने हो भने राष्ट्रिय सभाको अध्यक्ष फेरौं, उपसभामुख पनि फेरौं अनि यहाँ पनि फेरौं । राजनीतिक सहमति गरेर आउनुस्, यहाँ कराउने होइन । होइन सबै सबै समितिमा निर्वाचन गरौं, यहाँ मसला बनाउने काम छैन । घण्टा घण्टामा राजनीतिक समीकरण फेरिने देश हो, यहाँ के का कुरा ।’

बास्कोटाले आफूलाई लोकरिझ्याइँको मतलब नभएको र फेसबुके तथा युट्युबेले खेद्लान् भन्ने डर पनि नरहेको भन्दै भाइरल रोग समितिमा नभित्र्याउन चेतावनी समेत दिए । उनले अमनलाल मोदी, हरि ढकाललगायतका माओवादी र रास्वपाका सांसदलाई जवाफ दिएका हुन् ।
उनले सभापति चाहिएको भए राजनीतिक सहमति खोज्न पनि आग्रह गरे ।

प्रतिक्रिया