सेयर बजारमा उच्च अंकको गिरावट
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ७९ दशमलव ८८ अंकले घटेर २८९४ दशमलव ५७ को विन्दुमा पुगेको छ ।आइतबार ३३३ कम्पनीको २ लाख १८ हजार ५ सय ७८ पटकको कारोबारमा ४ करोड २६ लाख ८६ हजार ६ सय ४० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १९ अर्ब ७४ करोड ५ लाख ५३ हजार ८ सय रुपैयाँ रहेको छ ।
आज ६० कम्पनीको सेयर मूल्य बढ्दा १८४ कम्पनीको घटेको छ । सेन्सेटिभ इन्डेक्स १४ दशमलव ५२ अंकले घट्दा फ्लोट इन्डेक्स ५ दशमलव ५४ अंकले घटेको छ । आज माइक्रोफाइनान्स इन्डेक्स सामान्य बढ्दा अन्य १२ उपसमूह राताम्मे छन् । विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् भने, आज सर्वाधिक कारोबार अपि हाइड्रोपावरको भएको छ ।
प्रतिक्रिया