आप्रवासीद्वारा पेरिसमा प्रदर्शन,कागजपत्र नभएकाप्रति कठोर बन्दै फ्रान्स

फ्रान्स ।  कागजपत्र बिनै बिगत लामो समयदेखि विभिन्न बाटोबाट भित्रिएर बसेका आप्रवासीहरुले फ्रान्सको राजधानी पेरिसमा बिरोध प्रदर्शन गरेका छन् ।विभिन्न देशबाट आएर यहाँ बसेकाहरुले आफूहरुलाई फ्रान्स सरकारले  शरणार्थी स्वीकार गरोस  भनेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले  फ्रान्स सरकार समक्ष शरणार्थी स्वीकार गर्न अपील गरेका थिए । तर फ्रान्स सरकारले त्यसलाई अस्वीकार गरेपछि बिरोध प्रदर्शन गरेका हुन् । फ्रान्समा लुकीछिपी र बिभिन्न बाटो प्रयोग गरेर आएका अबैधानिक रुपमा बसोबास गर्नेहरुको संख्या २५ लाख भन्दा बढी रहेको अनुमान गरिएको छ । 

त्यस्ता व्यक्तिहरुबाट आपराधिक लगायत  विभिन्न घटना घट्न सक्ने र सुरक्षामा समेत चुनौतप् हुन सक्ने भन्दै बैधानिक कागजपत्र नभएकाहरुप्रति फ्रान्स सरकार कठोर बन्दै जान थालेको छ । यहाँ बस्ने कतिपयले अरुको कागजपत्रको प्रतिलिपि बनाएर काम गर्दै आएको आशंका पनि फ्रान्स सरकारको छ । तर कागजपत्र बिनै काम गर्ने बैधानिकता प्रदान गर्नुपर्ने प्रदर्शनकारीहरुको माग छ ।
 
दीपक चालिसे

प्रतिक्रिया