झापामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान झापाले कक्षा ११ को परीक्षामा झापा जिल्लाबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान तथा पुरस्कृत गरेको छ ।
कार्यक्रममा कक्षा ११ को विज्ञान संकायको परीक्षामा जिल्ला प्रथम ग्लोबल एकेडेमी दमकका रुपेश नेपाल, दोस्रो निदि सेकेन्डरी स्कुलका विजय पाण्डे, बिजनेस स्टडीतर्फ एकता एकेडेमी दमकका मेलिसा भट्टराई प्रथम, न्युटन्स एजुकेसन एकाडेमीकी सावित्रा न्यौपाने दोस्रो र बिर्ता मोडलकी निर्जला राई तेस्रोलाई सम्मान गरिएको हो ।
बिर्तामोडमा एक कार्यक्रमको आयोजना गर्दै हिसान झापाले मानविकी, व्यवस्थापन र विज्ञान , कानुन, होटल मेनेजमेन्ट, शिक्षा, संकायमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई मेडल, प्रमाणपत्र र नगदसहित पुरस्कृत तथा सम्मान गरेको हो । उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीलाई हिसानले निरन्तर प्रेरित र प्रोत्साहित गर्दै आइरहेको हिसान झापाले जनाएको छ ।
उत्कृष्ट भएका विद्यार्थीले मासिक शुल्कमा समेत छात्रवृत्ति पाउने व्यवस्था रहेको छ । प्रथम हुनेलाई अध्ययनमा सत प्रतिशत, दितीय हुनेलाई ७५ प्रतिशत र तीतृय हुनेलाई ५० प्रतिशत छात्रवृति प्रदान गरिएको हो ।।
प्रतिक्रिया