काठमाडौं मेडिकल कलेजद्वारा सर्लाहीका दुई जना मृगौला रोगीलाई निशुल्क उपचार
काठमाडौं मेडिकल कलेजले सर्लाहीका दुई जना मृगौला रोगीलाई निशुल्क उपचार गरिदिने भएको छ । सर्लाहीको हरिपुर्वा ५ बस्ने ४५ वर्षिय उपेन्द्र राम तथा कौडेना गाउपालिका बस्ने १९ वर्षिय ललन यादवको अस्पतालले निःशुल्क उपचार गरिदिने भएको हो । मृगौला पिडित राम र यादवको घरमै पुगेर अवस्थाबारे जानकारी लिएपछि अस्पतालका सञ्चालक एवं सासद सुनिल शर्माले विरामीले उपचार नपाउनु दुःखद भएको भन्दै निशुल्क उपचार गर्ने बताएका हुन ।
कौडेना गाउँपालिका अध्यक्ष रुपेश कुमार यादवले मृगौला पिडितलाई अस्पताल पठाइसकिएको जानकारी दिए । काठमाडौं मेडिकल कलेजसँगै नोबेल मेडिकल कलेज बिराटनगरमा पनि विपन्नका लागि निशुल्क उपचार हुँदै आएको सञ्चालकको दाबी छ ।
प्रतिक्रिया