सानै उमेरमा बढी तौल हुँदा इलामका एक बालक समस्यामा
इलाम । सानै उमेरमा बढी तौल हुँदा इलामका एक बालक समस्यामा परेका छन् ।
इलामका दीप्सन काफ्ले उमेरले ६ भएपनि उनको तौल ६५ किलो पुगेको हो । सामान्य मानिसको उमेर छ वर्षमा १५ देखी २२ वर्षको हुनुपर्ने बताइन्छ । तर, उनको सानै उमेरमा वढि तौल छ ।
कुनै रोगका कारण मोटोपन भएको हो कि भनेर सो परिवारले नेपालका बिभिन्न अस्पताल सहित भारतको सिलिगुढीसम्म गएर छोराको उपचार गराए । तर, चिकित्सकले कुनै रोग नभएको भन्ने गरेको आमा निर्मलाले बताइन् । तौल बढि भएकै कारण उनलाई दैनिकीमा समस्या छ । बाहिर भित्र गर्न नै उनलाई समस्या भइरहेको छ । विद्यालय जान पनि उनलाई अभिभावकको साथ चाहिन्छ ।
जन्मदा उनको तौल तीन किलो ग्राम थियो । तर, जन्मिएको एक महिना पछि उनको तौल असामान्य तरिकाले बढेको आमा निर्मला अधिकारी काफ्लेले बताइन् । मोटोपन भएकै कारण सामान्य हिँडडुल गर्दा पनि पसिना आउने र स्वास्प्रस्वास बढ्ने गरेको परिवारको भनाई छ ।
प्रतिक्रिया