कांग्रेस सभापति देउवाको धनगढी निवास अगाडि शङ्कास्पद वस्तु फेला

काठमाडौं । धनगढी उपमहानगरपालिका ४ स्थित रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शनिबार राति करिब १ बजेको समयमा शङ्कास्पद वस्तु फेला परेको थियो । 

पुरानो झोलामा तार बेरिएको अवस्थामा शङ्कास्पद वस्तु भेटिएको र उक्त वस्तु के हो ? भन्ने स्पष्ट हुन नसकेको प्रहरीले जनाएका छन् ।

उक्त शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय गरेको बताइएको छ । 

प्रतिक्रिया