स्पेनिस ला लिगमा बार्सिलोनाको लगातार दोस्रो जित
काठमाडौं । स्पेनिस ला लिगमा बार्सिलोनाले लगातार दोस्रो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिलबाओलाई २–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा युवा स्टार खेलाडी लामिन यामल र भेट्रान खेलाडी रोबर्ट लेवान्डोस्कीले एक -एक गोल गरेका थिए ।
बिल्बाओको तर्फबाट ओहिन सानसेटले पेनाल्टीमा गोल फर्काए । बार्सिलोनाको लगातार दोस्रो जित हो । एथ्लेटिक बिल्बाओले पहिलो हार बेहोरेको छ । ला लिगाकै अन्य खेलमा रियल सोसिडाडले इस्पानियोललाई १–० गोल अन्तरले पराजित गर्दा गेटाफेर भ्यालेन्सियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्यसैगरी, ओसासुनाले मालोर्कालाई १–० गोल अन्तरले स्तब्ध बनाएको छ ।
प्रतिक्रिया