जर्मनीमा चक्कु प्रहार गर्ने १ जना पक्राउ

एजेन्सी । जर्मनीको एक फेस्टिभल (उत्सव) मा चक्कु प्रहार गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जर्मनी प्रहरीले शनिबार एक जनालाई नियन्त्रणमा लिएको र उनी आक्रमणसँग सम्बन्धित छन् वा छैनन् भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जर्मनीको पश्चिमी शहर सोलिङ्गेनमा भएको छुरा आक्रमणको अझै अनुसन्धान जारी रहेको छ । आक्रमणमा आतङ्कवादी उद्देश्य रहेको हुनसक्ने अनुसन्धानकर्ताहरूले जनाएका छन् । पक्राउ पर्नेमा १५ वर्षीय किशोर रहेका छन् । 

शहर स्थापनाको ६५० औँ वर्षगाँठको अवसरमा शुक्रबार साँझ आयोजित कार्यक्रममा भएको आक्रमणमा परी तीन जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख गरीएको छ ।   
 

प्रतिक्रिया