एमालेले केन्द्रीय कार्यालयको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आइतबार बस्ने भएको छ । 

केन्द्रीय मुख्यालय च्यासलमा महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गर्ने बताइएको छ । 

पार्टीको सचिवालय बैठक मंगलबार बस्ने तयारी छ ।
 

प्रतिक्रिया