जसपा नेपालले आज आधारभूत सङ्गठन निर्माण अभियान उद्घाटन गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसप) नेपालले ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ उदाटन गर्न लागेको छ । 

बागमती प्रदेश अन्तर्गतका सबै जिल्लाहरू र काठमाडौंमा उपलब्ध केन्द्रीय अभियन्तालाई अभियानको उद्देश्य र लक्ष्यबारे प्रशिक्षण गर्ने गरी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अभियानको आइतबार उद्घाटन गर्न लागेका हुन् । 

काठमाडौंको थापागाउँस्थित एक ब्याङ्क्वेटमा मध्यान्ह चार महिने अभियानको उदघाटन भएसँगै पार्टीको आधारभूत संगठन निर्माण अभियान प्रारम्भ हुनेछ । जसपा नेपालको केन्द्रीय समितिको बैठकले सबै केन्द्रीय सदस्यहरूलाई पालिकामा सङ्गठन निर्माणका लागि खटाउने गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
 

प्रतिक्रिया