मनसुनबाट बा¥ह लाख मानिस प्रभावित हुने अनुमान, विपत् जोखिम न्यूनीकरणका लागि तयारी सुस्त

landslide

यही जेठको अन्तिममा सुरु भएर करिब एक सय दिन क्रियाशील यस वर्षको मनसुनबाट करिब साढे १२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । गृह मन्त्रालयमा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा दिइएको जानकारी अनुसार मनसुनबाट प्रभावित हुन सक्ने जनसंख्या १२ लाख ५४ हजार १ सय ८१ र घरधुरी दुई लाख ८६ हजार ९ सय ९८ रहने छन् । । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशैभरि कम पानी पर्ने प्रक्षेपण गरेको छ । सरदरभन्दा कम पानी पर्ने भएकाले न्यूनतम तापक्रम विगतको भन्दा बढी हुने अनुमान पनि गरिएको छ । यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट प्रवेश गरी एक सय दिन क्रियाशील हुने अनुमान छ । मनसुनका समयमा बाढी, पहिरो र भारी वर्षाका कारण प्राकृतिक प्रकोपका घटना हुने गरेका छन् । साथै मनसुनको अवधिमा झाडापखाला, हैजा जस्ता पानीजन्य रोग, सर्पदंश, डेङ्गु, मलेरियाजस्ता कीटजन्य प्रकोप बढ्ने गरेका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपतका लागि पूर्वसूचना तथा पूर्वकार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपत् सामूहिक उद्धार सवारी तथा ‘ए क्लास’ एम्बुलेन्सहरू खरिद गरी सात वटै प्रदेश र काठमाडौँ उपत्यकामा एक÷एक वटा रहने व्यवस्था मिलाइएको जनाएको छ । मनसुनजन्य विपत् जोखिमको प्रभावकारी प्रतिकार्यका लागि सबै सुरक्षा निकाय अन्तर्गतका खोज उद्धार जनशक्ति तैनाथीको अवस्थामा रहेको र विभिन्न निकाय अन्तर्गत रहेका विपत् उद्धार तथा राहतसँग सम्बन्धित स्रोत, साधन, यन्त्रउपकरण सात वटै प्रदेशमा तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया