आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आइतबार प्रतिनिधिसभा अन्तर्गतको पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । 

आइतबार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत र सार्वजनिक लेख समितिको बैठक बस्दैछ ।

अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक पनि बिहान ११ बजेको लागि बोलाइएको छ । सो बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफादार छलफल गरिनेछ ।

त्यस्तै, दिउँसो एक बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सम्पादन हुने कार्यहरूको प्राथमिकता, कार्यक्रम तथा कार्ययोजना, कार्यसम्पादनमा रहेका समस्या, मन्त्रालयमा बजेट लगायतका सम्बन्धमा छलफल गरिनेछ । सोही समयमा सार्वजनिक लेखा समितिको बैठकमा बक्यौता विवादका विषयमा छलफल हुने भएको छ । 

प्रतिक्रिया