जस्टिन बिबर र हेलीलाई पुत्र लाभ

एजेन्सी । सुपरमोडल हेली र गायक जस्टिन बिबरलाई पुत्र लाभ भएको छ । उनीहरुले आफूहरुलाई पहिलो सन्तान प्राप्ति भएको घोषणा गरेका छन् ।

शनिबार इन्स्टाग्राममा बच्चाको खुट्टाको तस्वीर सेयर गर्दै जस्टिनले लेखेका छन्, ‘ज्याक ब्लुज बिबरलाई घरमा स्वागत छ ।’ उनले यो क्याप्सनमा बियरको इमोजी पनि उल्लेख गरेका छन् । उनीहरुलाई सबैले बधाई तथा शुभकामना दिइरहेका छन् ।

३० वर्षीय क्यानेडियन गायक र २७ वर्षीया मोडलले सन् २०१८ विवाह गरेका थिए । गत मे महिनामा आ-आफ्नो इन्स्टाग्राम पृष्ठमा फोटोको श्रृंखलामार्फत गर्भावस्थाको घोषणा गरेका थिए । 

सन् २०१० मा रिलिज भएको जस्टिनको हिट एकल गीत ‘बेबी’ले उनलाई स्टारडम प्रदान गरेको थियो ।

प्रतिक्रिया