आज राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आइतबार बस्दैछ । बैठक अपराह्न  सवा १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०७९र८० सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।  

त्यसैगरी बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रतिक्रिया