कपिलवस्तुमा खोलामा डुबेर दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ ढोडेकोलमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।

शनिबार फुटबल खेलर नुहाउन गएका दुई किशोरको कोइली खोलाको भूते रहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा १६ वर्षीय प्रतीक भण्डारी र १५ वर्षीय सरोज सापकोटा रहेका छन् ।  खोलामा डुबेको देखेपछि स्थानीय र साथीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उद्धार गरेर नजिकैको अस्पताल पुर्‍याइएकामा अस्पतालले मृत घोषित गरेको जनाइएको छ । 

प्रतिक्रिया