काँग्रेस प्रजातान्त्रिक पार्टी हो, यहाँ स्वस्थ प्रतिष्पर्धा हुन्छः सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसमा स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बबताएका छन् । 

शनिबार ललितपुरमा आयोजित पार्टी निकट इन्जिनियरहरुको भेलामा बोल्दै उनले सो कुरा बताएका हुन् । । काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने उनको भनाइ थियो । उनले नेपाल इन्जिनियर्स एशोसिएशनको निर्वाचनमा जित हासिल हुनेगरी तयारी गर्न पनि पार्टी निकट इन्जिनियरहरुलाई निर्देशन दिए ।

आगामी भदौ २८ गते ललितपुरमा सो निर्वाचन हुँदैछ । सभापति देउवाले सो निर्वाचनमा पार्टी समर्थित इन्जिनियरहरुले जित्नुपर्ने धारणा राखे। उनले त्यसका लागि एकतावद्ध भएर सकेसम्म सहमतिमै उम्मेदवार चयन गर्न पनि सचेत गरए । 

सभापति देउवाले सो एशोसिएशनको निर्वाचनमा जित हासिल गर्नका लागि आन्तरिक रुपमा एकतावद्ध भएर अघि बढ्न पनि पार्टी निकट इन्जिनियरहरुको ध्यानाकर्षण गराए । 

प्रतिक्रिया