यो भ्रष्टाचारीहरुको सरकार होः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुको सरकार भएको बताएका छन् । 

शनिबार  काठमाडौं–नुवाकोट सम्पर्क समन्वय समितिको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुको सरकार भएको बताएका हुन् ।  । उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको एकपछि अर्को फाइल खोल्न थालेपछि आफ्नो पालो आउने डरमा तत्कालिन सरकार ढालेर बर्तमान सरकार बनाइएको बताए  । 

उनले यो सरकार दलाल, पुँजीपतिहरु, बिचौलियाहरु, कमिसनखोरहरु, जालि, फटाहाहरुको प्रतिनिधिको रुपमा रहेको बताए । अध्यक्ष दाहालले  आफू समातिने हुँ कि भनेर भ्रष्टाचारीहरुमा पैदा भएको डरका कारण यो सरकार बनेको समेत बताए । उनले भ्रष्टाचारीहरुको रक्षाको निम्ति यो सरकार बनेको जिकिर गरे । 

अध्यक्ष दाहालले सरकारसँग भएको दुई तिहाईले केही नगर्ने बताए। जनताको आकांक्षा र जनभावना विपरित गएमा दुई तिहाई बहुमतलाई जनताले ठेगान लगाइदिने उनको भनाई छ । उनले अहिले उत्पीडित जनताले पाएको अधिकारहरु माओवादीले ल्याएको भन्दै दुई तिहाइवालाहरुले दिएको अधिकार नभएको बताए। उनले आफूहरुले संविधान संशोधन गरेर नेपाललाई पछाडी फर्काउन नदिने बताए ।

अध्यक्ष दाहालले जनताको घर–आँगनमा गए २०६४ सालको जस्तै मत ल्याउन सकिने भन्दै आगामी निर्वाचनमा माओवादी केन्द्रलाई सबैभन्दा ठूलो दल बनाउनेगरी लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए ।  

प्रतिक्रिया