ललितपुरमा आज नरसिंह जात्रा मनाइँदै

काठमाडौं । ललितपुरमा आज नरसिंह जात्रा मनाइएको छ । ललितपुरका राजोपाध्याय देव ब्राम्हणहरुले प्रत्येक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन नरसिंह जात्रा मनाउने गर्दछन् । 

जात्रामा राजोपाध्याय देव ब्राम्हण परिवारका बालबालिकालाई सिंगारपटार गरेर न्याखी, धिमे लगायतका विभिन्न बाझा बजाई ललितपुरको पूर्णचण्डी गाःवहालबाट प्यंगःथामा, मंगलबजार, सुन्धारा लगायत विभिन्न स्थानको परिक्रमा गरी पुनः पूर्णचण्डी पुग्ने गरिन्छ । प्राकृतिक प्रकोपबाट मुक्ति र विश्व शान्तिको कामना गर्दै जात्रा मनाउने प्रचलन रहेको छ । 

देव ब्राम्हणहरुमा जेष्ठताको आधारमा पालो लिई चलाइने नरसिंह जात्रा यस पटक स्वर्गीय नृपेन्द्र राज शर्माका परिवारले सञ्चालन गरेका हुन् ।
 

प्रतिक्रिया