सम्पदा संरक्षण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो : विद्या भण्डारी

ललितपुर ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्विक एवं ऐतिहासिक सम्पदको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी भएको बताएकी छन् । 

भक्तपुर विकास सहयोग सङ्घको ३०औँ वार्षिक साधारणसभा तथा ३०औँ खोपृङ सम्मान कार्यक्रममा मन्तव्य राख्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले मूर्त तथा अमूर्त कला, सम्पदाले सजिएको सांस्कृतिक रुपमा संरक्षित ऐतिहासिक दरबार क्षेत्र र यहाँका सांस्कृतिक सम्पदाका कारण भक्तपुर जीवित शहरको रुपमा परिचित भएको बताइन्।

पूर्वराष्ट्रपति भण्डारीले भक्तपुर विकास सहयोग सङ्घले सम्पदा संरक्षणका अतिरिक्त सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय काम गरेको बताइन् । सङ्घले प्रकाशन गरेको खोपृङ पत्रिकामा विषय विज्ञद्वारा लिखित लेख रचनाले नेपाली वाङ्मयका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने उनले विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया