राप्रपाले संसदबाटै माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध युद्ध अपराधमा मुद्दा दर्ता भएको भन्दै पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। आइतबा प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै शाहीले प्रधानमन्त्री दाहालको राजीनामा माग गरेका हुन्।
उनले प्रधानमन्त्री दाहालविरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने माग गरे।
उनले अपराधजस्तो मुद्दा पर्दा प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए। उनले प्रधानमन्त्रीले नैतिकताका आधारमा पनि पदमा बसिरहन नमिल्ने जिकिर गरे। यो एउटा मुद्दा मात्र नभएको उनले बताए। युद्ध अपराधजस्तो मुद्दा अदालतले दर्ता गरिसकेपछि यो पदमा बसिरहनु उचित नहुने उनले बताए।
प्रतिक्रिया