पर्यटनमन्त्रीद्वारा धार्मिक पर्यटन प्रवर्द्धनका लागि अन्तरदेशीय सहकार्य आह्वान

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक पर्यटन प्रवर्द्धनका लागि अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमन सुदृढीकरणमा जोड दिएका छन् । 

भारतको गुजरातमा आयोजित आठौँ धर्म–धम्म सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गरी अन्तरदेशीय पर्यटकीय पूर्वाधार निर्माण तथा पर्यटक आवागमन सहजिकरणको आवश्यकता औँल्याए ।

 मन्त्री पाण्डेले धार्मिक पर्यटनको प्रवर्द्धनका साथै विश्वभरका आगन्तुकलाई नेपालका धार्मिकस्थलको पवित्रताको सहज अनुभूति गराउने वातावरण निर्माणका लागि सहकार्य गर्न आह्वान गरेको पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ । नेपालको पशुपतिनाथ, हलेसी र मुक्तिनाथ तथा भारतको काशीस्थित शान्तिस्तुपा दुई देशबीचका साझा सम्पदा रहेको उल्लेख गर्दै उनले नेपालमा यस सम्मेलनको भावना प्रतिविम्बित हुने खालको आध्यामिक अनुभुति गर्न सकिने धारणा राखे। साथै मन्त्री पाण्डेले सम्मेलनका सहभागीलाई नेपाल भ्रमणको निम्तो दिए । 

। ‘इण्डिया फाउण्डेशन’को पहलमा भारतको गुजरातमा आयोजित उक्त सम्मेलनमा मन्त्री पाण्डेले धर्म–धम्म हिन्दू र बौद्ध सभ्यक्रताबीच सदियौँदेखि निरन्तर रुपमा निकट रहेका विचार भएको र जुन शुक्रबार  पनि उत्तिक्कै सान्दर्भिक भएको उल्लेख गरे । अहिलेको बदलिदो विषयमा यी दुई विचार बीचको सम्बन्धको पहिचानमा ध्यान केन्द्रित गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको हो ।

प्रतिक्रिया